२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँका लागि नयाँ नोट आजदेखि पठाइयो बजारमा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

बैङ्कले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा वाणिज्य र विकास बैङ्कहरूबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो ।

पहिलो दिन ८ वटा वाणिज्य बैङ्कहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

यस्तै विकास बैङ्कहरूलाई आजै राष्ट्र बैङ्कले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैङ्क तथा वित्तीय संस्थाहरूलाई यसै गरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले रातोपाटीलाई जानकारी दिए ।

सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहोर्‍याएर साट्न आउनेलाई समेत कुनै रोक तोक नहुने नेपालले बताए ।

बैङ्कमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए ।

सर्वसाधारणले नयाँ नोट सबै बैङ्क तथा वित्तीय संस्थासँगै राष्ट्र बैङ्कका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरूबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैङ्कले ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।