२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् ।

जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताए ।

‘विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू-भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्’, उनले भने । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भने, ‘तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।’

पूर्वराष्ट्रपति डा.यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गरे। ‘मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो’, उनले भने।

पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको उनको भनाइ थियो । ‘पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ’, उनले भने ।

कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताए । ‘वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो’, उनले भने ।

जननायक वीपी कोइराला स्मृति ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक क्षेत्रलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि ‘वीपी कोइराला स्टडिज तथा रिसर्च सेन्टर’ भवन निर्माण गर्न लागिएको बताए । रु ९ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन छ तले हुनेछ । उक्त भवनको गत वर्ष कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास समेत गरिसका छन् ।

विपी कोइराला स्मृति ट्रष्टले विपी कोइरालाद्वारा लिखित पुस्तकको रोयल्टी सङ्कलन गरेर ट्रष्टबाट केही रकम थप गरी हरेक वर्ष रु एकलाख एक हजारको जननायक वीपी कोइराला साहित्य सम्मान पुरस्कार तथा रु ५१ हजार नगद राशिको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ ।