२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीतपुरसिमरामा २१ करोडको लागतमा अस्पताल निर्माण शुरु

अ+ अ-

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाले करिब २१ करोडको लागतमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको काम शुरु गरेको छ ।

उपमहानगरले सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्दै ११ कठ्ठा जग्गामा १५ शैय्याको अस्पतालको निमार्ण शुरु गरेको हो । संघीय सरकारको ससर्त अनुदान अन्र्तगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँ लागतमा २ वर्षभित्र सम्पन्न गर्नेगरी अस्पतालको काम शुरु भएको हो ।

विगत ५ वर्षको अवधीमा तत्कालिन जनप्रतिनिधिले उपमहानगर भित्र एउटै अस्पताल निमार्ण गर्न सकेका थिएन । उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयहरु वीरगञ्ज, हेटौडा,भरतपुर र काठमाडौंसम्म पुग्ने गर्दथे । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेर उपमहानगरवासीको हितमा काम गर्ने बताएका छन् ।

उनले अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ सहितको स्वास्थ्य जनशक्ति करारमा परिपूर्तिको गर्नेगरी प्रक्रिया शुरु भइसकेको बताए । १५ शैय्याको अस्पताल निमार्णका लागि उपमहानगर र एच।टि.सि.निमार्ण सेवा काठमाडौँलाई बिच ठेक्का सम्झौता समेत भइसकेको सिभिल इन्जिनियर अभय झाले जनाएका छन् ।

डिपिआर अनुसार अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ।पि।डि।,इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह , दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताएका छन् ।

अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ ।