काठमाडौँ । नेपाली काँग्रेसले अघिल्ला वर्षहरूमा कोजाग्रत पूणिर्माका दिन आयोजना गर्दै आएको शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
यस वर्ष कोजाग्रत पूणिर्माकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगरिने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
२०३३ सालमा बी.पी.कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली काँग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान(प्रदान गर्दै आएको छ ।