१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डका ज्वाइँले पनि पाए टिकट

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरू दुवैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।

प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू)ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

क्षेत्र नम्बर २ को क बाट माओवादी केन्द्र प्रदेश १ कमिटी सचिव गणेश उप्रेतीले टिकट पाएका छन् । २०७४ सालको निर्वाचनमा उनी सो क्षेत्रबाट पराजित भएका थिए ।

मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यले टिकट पाएका छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन काँग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । यो पटक तबदारलाई काँग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस