काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।
प्रमाणित विधेयकमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्।







