२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता, ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । चितवन मेडिकल कलेजको आइसियुभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले ११ जनामध्ये ३ जनालाई पक्राउ गरिसकेको बताए। अन्यको खोजी भइरहेको उनले बताए।

पाचन प्रणालीमा इन्फेक्सन भएर रगतमा फैलिएपछि धेरै अङ्गले काम गर्न छाडिसकेको अवस्थामा चितवन मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएका भरतपुर महानगरपालिका-१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो।

दिउँसो सवा १२ बजे गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका कुँवरलाई तुरुन्तै आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। उपचारका क्रममा उनको साँझ सवा ५ बजेतिर मृत्यु भएको थियो। 

मङ्गलवार अस्पताल पुगेका मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आइसियुभित्रै पसेर अन्धाधुन्ध तोडफोड गरेका थिए। 

कलेजले आइसियु कक्षमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग गर्दै आएको थियो।

एसपी अधिकारीले सिसिटिभी फुटेजको अध्ययन र अनुसन्धान गरेपछि जाहेरी दर्ता गरेर तोडफोडमा संलग्नको खोजी भइरहेको उनले बताए।

चाडपर्वका कारण अदालत बिदा भएका कारण प्रक्रियामा ढिलाइ भएको उनले बताए।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनको दफा ३ को ‘ख’ मा तोडफोड वा हानीरनोक्सानी गरेमा तीन वर्षसम्म कैद वा ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

साथै, तोडफोड वा हानी(नोक्सानीको मूल्याङ्कनको आधारमा मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट हानी(नोक्सानी बापतको मनासिव माथिको क्षतिपूर्ति भराइदिनुपर्ने छ भनी ऐनमा उल्लेख छ।