९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैले रोइलो गर्दैमा आयोगको अधिकार नियन्त्रण हुँदैन : दिनेश थपलिया

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले ऐन कानुन अनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको बताएको छ । शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन संयन्त्रमाथि विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेको भन्दै कसैले रोइलो गर्दैमा आयोगको संवैधानिक र कानुनी अधिकारमा नियन्त्रण गर्ने कुरालाई स्वीकार नगर्ने बताए ।

उनले अनुगमनका विषयलाई लिएर आमसञ्चारमाध्यमको मर्म नबुझेको भन्दै आयोगको मर्यादामाथि प्रहार भएको जानकारी प्राप्त भएको बताए । आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रता विषय राम्ररी पढेको भन्दै आम सञ्चारमाध्यमलाई निगरानी गर्ने कुनै उद्देश्य नभएको उनको भनाइ छ । थपलियाले मर्यादित संस्थाहरूबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर विषय भएको धारणा राखे । 

थपलियाले आम सञ्चारमाध्यमको प्रचलित कानुन बमोजिम अनुगमन गर्न र त्यसको जानकारी गराउन प्रेस काउन्सिललाई सुझाव दिए ।

आयोगले आन्तरिक प्रयोजनका लागि गठन गरेको टिमले कुनै सञ्चारमाध्यमलाई कारबाही गर्न परे काउन्सिललाई लेखी पठाउने उनले बताए । 

मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञासा सम्बोधनका लागि कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपि तत्कालका लागि कर्मचारीहरू भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाइ छ । उनीहरू नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वतः रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस