२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘व्यथित काव्य सम्मान’ घोषणा, यि कविहरूलाई सम्मानित गर्ने निर्णय 

अ+ अ-

काठमाडौँ । साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर कविहरूलाई व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरिएको छ । 

राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिको बैठकले कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९)  लाई ‘व्यथित काव्य पुरस्कार’ द्वारा सम्मानित गर्ने निर्णय गरेको हो ।  

कवि उदय निरौलाका ‘कोलाहल पिएर’, ‘जराहरू किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरू’, ‘अस्ताउँदो घाम टेकेर’, कवि श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ कविता कृतिहरू प्रकाशित छन् । 

यस्तै कवि रमेश श्रेष्ठका ‘चराहरूको पहाड’, ‘आमा नदीहरू’, ‘बुद्ध बिम्ब अक्षर बिम्ब’, ‘घाँस उखेलिरहेकी केटी’, ‘रोदी रोएको देशमा’, ‘कविताको उज्यालो’, ‘अग्नि नृत्य’, ‘चोक र तमसुक, ‘नपोतिएका रङ्गहरू’, कवि कृसु क्षेत्रीका ‘बोधिसत्वको मृत्युउत्सव’, ‘चराको गीत’, ‘आगोको मूर्च्छना’, ‘रगतको दरबार’, ‘नीलो आँसु’, ‘अर्द्द्मुदित आँखाहरू’, ‘माफ गर’ जस्ता कविता, गजल र गीतका कृतिहरू प्रकाशित छन् । 

यस्तै कवि मोमिला जोशीका ‘पैयुँ फूल्न थालेपछि’, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’, ‘जुनकिरीहरू ओर्लिरहेछन’, ‘दुर्गम उचाइमा फूलको आँधी’, ‘भीमसेन थापाको सुसाइड नोट’ जस्ता कविताकृतिहरु प्रकाशित छन् भने कवि गीता कार्कीका ‘मलाई अँध्यारो नै चाहिन्छ’, ‘सालका ठुटा र एक टुक्रा घाम’ र ‘आमा किरणहरूको छालमा’ जस्ता कविताकृतिहरु प्रकाशित छन् । 

साहित्यिक पत्रकार सङ्घबाट विसं २०३९ मा स्थापित व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगत्का सुपरिचित कविलाई प्रदान गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मञ्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मञ्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, मोहन दुवाल, कृष्ण जोशी, डा.राममान तृषित, विमल निभा आदि सम्मानित भइसकेका छन् ।