९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

अ+ अ-

काठमाडौँ । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई यथाशीघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरू थप गरी अध्ययन गर्न सक्ने भएको छ ।

समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षित बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।

गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका दौरान नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।

प्रवक्ता निरौलाका अनुसार देशभर लगाइएको यो प्रतिबन्ध छानबिन समितिको प्रतिबन्ध नआएसम्म जारी रहने भएको छ । समितिले प्रतिवेदन दिएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने उनले जानकारी दिए ।

नेपालमा सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कले देखाएको छ । आइतबार भएको दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस