२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । 

बुधवार नागरिक उड्डयन प्राधिकरणले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । 

प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एसिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । उनले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रूपमा सुधार भएको देखाएको बताए । उनले आइकाओको प्रतिवेदनले औँल्याएका कमी कमजोरी निर्मूल गर्न प्राधिकरणले गृहकार्य सुरु गरेको जानकारी दिए ।

प्रमुख श्रेष्ठले नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई सेवा बिस्तारको लागि थप योजना पनि अघि सारेको बताए । उनले आइकाओको टोलीले वृहत् अडिटको लागि ७९० प्रश्न समेटेको बताए । श्रेष्ठले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेको बताए । उनले आइकाओको अडिट पछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको बताए । उनले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेटको व्यवस्था पनि गर्न सुरु गरेको बताए । उनले आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको बताए ।

त्यस्तै, प्राधिकरणका महानिर्देशक ई।प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एसिया प्रान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । उनले एसिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गरे । अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको भन्दै अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने बताए ।

नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय वटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग सुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्बद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ ।