काठमाडौँ । इंग्लिस प्रिमियम लिगमा लिभरपुल रेलिगेसन जोनमा सङ्घर्ष गरिरहेको नटिङहम फरेस्टसँग १–० ले स्तब्ध भएको छ।
शनिबार राति भएको खेमला लिभरपुललाई पराजित गर्न नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
उनले ५५औँ मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि रिवाउन्डमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो।
जितसँगै पुछारबाट नटिङहम एक स्थान माथि उक्लिएको छ। दि सिटी ग्राउन्ड नटिङहममा लिरभपुलले अधिकासं समय बल पोसेसनमा राखे पनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न लिभरपुल असफल रह्यो।
यो सिजन प्रिमियर लिगमा लिभरपुलको तेस्रो हार हो। लिभरपुलले ११ खेल खेल्दा ४ जित, ४ बराबरी र ३ हारको नतिजा निकालेको छ। नटिङहमले प्रिमियर लिगमा २४ अगस्टपछि पहिलो जित निकालेको हो। नटिङहमले इएफएल कपमा ग्रिम्सबीलाई ३–० ले हराएयता जितविहिन रहेको थियो। त्यसयता नटिङहमले ८ खेल खेल्दा दुई बराबरी र ६ हारको नतिजा निकालेको थियो।
प्रिमियर लिगमा भने नटिङहमले ९ खेलपछि पहिलो जित निकालेको ह । १४ अगस्टमा वेस्ट ह्यामलाई १–० ले हराएयता ९ खेलसम्म जित निकाल्न असफल रहेको थियो।
जहाँ तीन बराबरी र ६ हारको नतिजा छ। नटिङहम १२ खेलबाट ९ अङ्क जोडेर १९औँ स्थानमा रहेको छ। पराजित लिभरपुलले अङ्क तालिका सुधार गर्ने अवसर गुमाउँदा ११ खेलबाट १६ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ।