काठमाडौँ । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
भित्रिसड अन्तर्गत कल्यपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षीय दुखिया साहको घटनास्थलमै मृत्यु भएको हो ।
छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भइरहेको छ ।







