९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-२ मा सत्ता गठबन्धनले समर्थन गरेको जनमुक्ति पार्टीको जनमत कति ?

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । 

गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापा मगरलाई सघाउने निर्णय सत्तारुढ गठबन्धनले गरेको हो । रुपन्देही-२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही-२ अन्तर्गतका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सो क्षेत्रमा नेकपा एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२० र जसपाको १८३ मत देखिन्छ ।

जबकि सो क्षेत्र अन्तर्गतका वडाबाट सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली काँग्रेसले ३४ हजार ९५९, नेकपा माओवादी केन्द्रले ३ हजार १८८, नेकपा एकीकृत समाजवादीले एक हजार ३८२ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्र अन्तर्गत विभिन्न पालिकाका वडामा राष्ट्रिय जनमुक्ति पार्टीका वडाध्यक्ष पदका उम्मेदवारले पाएको मत दुई हजार ७० छ । यो मतमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको मत जोड्दा ४१ हजार ५९९ मत हुन्छ । जबकि एमाले-राप्रपा-जसपा गठबन्धनसँग ३७ हजार २९० मतमात्र देखिन्छ ।

बुटवल उपमहानगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् । यस्तै, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ नम्बर वडा पनि यसै क्षेत्र अन्तर्गत पर्दछन् ।​

प्रतिक्रिया दिनुहोस