२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेतोपाटीलाई आयोगले प्रष्टीकरण नसोध्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमाले उम्मेदवारलाई जोडेर समाचार लेखेको भन्दै सेतोपाटी अनलाइनलाई शनिबार प्रष्टीकरण सोधेको निर्वाचन आयोगपछि हटेको छ।

सेतोपाटीमा छापिएको ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा नेपाली नागरिकता कायमै’ भन्ने शीर्षकमा छापिएको समाचारले उम्मेदवारको मान प्रतिष्ठामा आँच पुगेको भन्दै आयोगले २४ घण्टे प्रष्टीकरण माग गरेको थियो।

शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललाई फोन गरेर भुलवस पत्र काटिएको जनाउँदै प्रष्टीकरण पत्र फिर्ता लिने जानकारी गराएका हुन्।

थपलियाले मिडियाको अनुगमन र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिलकै भएको र त्यसलाई आयोगले नीतिगत रूपमा स्वीकार गरिसकेकाले फरक व्यवहार नहुने प्रतिबद्धता जनाएका छन्।

पत्र फिर्ताका लागि अर्को पत्र तयार भए पनि एक अधिकृतले हस्ताक्षर गर्न नमानेका कारण शनिबार साँझ सेतोपाटीलाई सोधेको प्रष्टीकरण फिर्ता हुन नपाएको आयोग स्रोतले जानकारी दियो।

स्रोतका अनुसार, ‘आयुक्त भएको निर्णय सच्याउने अधिकार मलाई छैन भनेर अधिकृत पन्छिदा शनिबार नै अर्को पत्र पठाउन सकिएन। आइतबार प्रष्टीकरण पत्र फिर्ता लिएको अर्को पत्र सेतोपाटीलाई जान्छ।’

आयोग स्रोतका अनुसार सेतोपाटीलाई प्रष्टीकरण सोध्ने निर्णय आचार संहिता हेर्न आयुक्त रामप्रसाद भण्डारीको एकल निर्णयबाट भएको हो। शनिबार प्रमुख आयुक्त थपलिया झापा पुगेका थिए।