२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : भारतद्वारा जिम्बावेलाई १८७ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकपमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ । मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो ।

भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले । २५ बल खेलेका सूर्यकुमारले ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै ३५ बल खेलेका राहुलले ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए ।

भारतका लागि विराट कोहलीले २६ रन बनाउँदा हार्दिक पाड्याले १८ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि सेन विलियम्सले दुई विकेट लिए । त्यस्तै रिकर्ड नाराभा, बेलेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै भारत अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने योजनामा छ । यता जिम्बावे पनि जितसँगै प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।