नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका २० का वडाअध्यक्ष कौशल धोबीलाई निर्वाचन आयोग आचार संहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता लागु भएको समयमा वडा अध्यक्ष धोबीले चामल बाँडेको उजुरी परेको थियो । उनले हस्ताक्षर गरेर वडाका जनताला चामल दिनू भनेर ई एक किराना पसलका मालिकलाई लेखेको चिट फेला परेको थियो ।
जसका आधारमा उनलाई आचार संहिता अनुगमन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।