२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनतालाई झुक्याउनेलाई नाङ्गे झार पार्छु’ : रवि लामिछाने

अ+ अ-

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सर्प्राइज’ पाउने बताएका छन्।

हेटौँडामा मङ्गलवार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सर्प्राइज दिने दाबी गरेका हुन्।

आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सर्प्राइज कुरिरहेको छ रे ! काठमाडौँ र धरानबाट त्यो सर्प्राइज शुरु भइसकेको छ। चितवनबाट म सर्प्राइज दिन्छु, मकवानपुरबाट तपाईँहरूले एउटा आवाज निकाल्नुहोला। त्यो आवाज घण्टीको हुनेछ।’

लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गे झार पार्ने चेतावनी दिए। ‘कैयौँ नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौँ‚ हामीलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छु‚’ उनले भने‚ ‘यस्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गे झार पार्न नपरोस्।’

उनले पत्रकारिताबाट आफूले धेरै चेलीबेटी र युवाहरूलाई विदेशबाट उद्धार गरेर ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको दाबी गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरू रोजगारीमा बिदेसिनु पर्ने अवस्थाको अन्त्य गर्ने दाबीसमेत गरे। उनले आफू सधैँ जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे। लामिछानेले भने‚ ‘चिनी नहालेको कालो चिया पकाएर राख्नुहोस्, म कुनै पनि वेला तपाईँहरूका घरमा आउन सक्छु।’