काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाहको टन्सिल अपरेसन गरिएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार शाहको अपरेसन सफल भएको अस्पतालले जनाएको छ।
घाँटीमा समस्या देखिएपछि उनलाई मङ्गलवार अस्पताल भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।