काठमाडौँ । नेपालमा आधा सेकेण्डमै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेण्डमै सिटी स्क्यान गर्न सकिने मेसिन ल्याएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा.उत्तमकृष्ण श्रेष्ठले आधासेकेण्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमा पहिलोपटक आएको दाबी गरे।
मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ। श्रेष्ठले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको बताए। अन्य सरकारी तथा निजी अस्पतालमा यस प्रकारको अपरेसन थिएटर नभएको उनले दाबी गरे।
श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५्२० लाख खर्चने गरेको बताए। नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा सेवा दिने बताए।।
कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको पनि श्रेष्ठले जानकारी दिए।