२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोभेम्बर १५ मा ८ अर्ब पुग्ने छ विश्वको जनसङ्ख्या

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्नेछ । यस्तै सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रूपमा जनसङ्ख्या वृद्धि हुनेछ । त्यसमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् ।

काठमाडौं । हामी, अर्थात् मानिस । वैज्ञानिक भाषामा होमो सेपियन्स । वास्तवमा मानव जाति जनसङ्ख्या बढाउनमा खप्पिस छ । पृथ्वीमा मानिसको संख्या १ अर्बबाट २ अर्ब पुग्नका लागि १ सय २५ वर्ष लाग्यो । तर ७ अर्बदेखि ८ अर्ब पुग्नका लागि भने जम्मा १२ वर्ष लाग्ने भएको छ । अर्थात् आगामी नोभेम्बर १५ मा पृथ्वीमा मानिसको जनसङ्ख्या ८ अर्ब पुग्दैछ ।

मानिसको संख्या बढ्ने दरमा पछिल्लो केही दशकदेखि गिरावट आइरहेको छ । तर यसका बावजुत सन् २०३७ सम्म विश्वको जनसङ्ख्या ९ अर्ब र सन् २०५८ सम्ममा १० अर्ब पुग्नेछ ।

संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्नेछ ।

संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषकी प्रमुख नतालिया कानेमका अनुसार यो घटना मानव इतिहासमा कोशेढुंगा साबित हुन गइरहेको छ । किनकि अब आमा र बच्चाको मृत्यु कम हुनेछ ।

आफूलाई मानिसको बढ्दो जनसङ्ख्याप्रति कुनै डर नरहेको तर साधन श्रोतको खपत तीव्र रूपमा बढ्ने कुराको चाहिँ डर रहेको नतालिया बताउँछिन् । श्रोत साधनको उपयोगका विषयमा विश्वका सबै देशले ध्यान दिनुपर्ने र प्रजनन दर उच्च भएका देशहरू अझै सचेत बन्नुपर्ने उनको भनाइ छ ।

विश्व वन्यजन्तु कोष तथा ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार जुन गतिले मानिसको जनसङ्ख्या बढिरहेको छ, त्यो हिसाबले हाम्रो पृथ्वीको श्रोत साधन कम हुनेछ । अर्थात् पृथ्वीको स्रोतसाधनमा ७५ प्रतिशतको बढोत्तरी हुनुपर्नेछ । तर यस्तो हुनु सम्भव छैन ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्बन्धी रिपोर्ट अनुसार बढ्दो हरितगृह ग्याँसको उत्सर्जनको मुख्य कारण भनेकै बढ्दो जनसङ्ख्या हो । अर्कोतर्फ बढ्दो जनसङ्ख्याले आर्थिक विकासमा कम मद्दत गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रूपमा जनसङ्ख्या वृद्धि हुनेछ । त्यसमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०५० सम्ममा हुने जनसङ्ख्या वृद्धिमध्ये आधा योगदान अफ्रिकाका सब सहारामा पर्ने देशबाट हुनेछ ।