१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन र भारतमा निर्यात हुने ५ हजार किलो शङ्कास्पद रुद्राक्ष नियन्त्रणमा 

अ+ अ-

काठमाडौँ । पूर्वी पहाडी जिल्लामा उत्पादन भएको शङ्कास्पद पाँच हजार केजी रुद्राक्ष धरानबाट नियन्त्रणमा लिइएको छ। चीन र भारत दुवै छिमेकी मुलुकमा निर्यात हुँदै आएको रुद्राक्ष आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएकाले गर्दा शङ्कास्पद ठानेर पक्राउ गरेको हो।  

आन्तरिक राजस्व कार्यालय  धरानले रुद्राक्ष पक्राउ गरी थप अनुसन्धान गरी कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय प्रदेश न. १ इटहरीलाई जिम्मा दिएको थियो। तर, इटहरीले सोझै  राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको हो।  

बागमती प्रदेश ०१-०२६ च ५६०२ र प्रदेश १-०२-००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो।  

क्रेता र बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियर’ मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो।  

राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुने विषय भएपनि आइतबार नै राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको हो। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाका अनुसार नेपाली किसानको उत्पादनसँग जोडिने भएको र हल्ला खल्ला बढी गर्दा विदेशीले खरिद नगरी दिँदा समस्या पनि हुने भएकाले गर्दा पनि सोझै विभागमा पठाएको हो ।  

उनले रुद्राक्षको सन्दर्भ मूल्य नतोकिएकाले कति मूल्यको भनेर यकिन नभए पनि रुद्राक्ष नेपालबाट चिन लैजाँदा एक केजी बराबर एक रुपैयाँ राजस्व बुझाउनुपर्ने बताए।

रुद्राक्ष व्यापारीहरूको अनुसार २१ मुखे एउटै रुद्राक्ष ५० लाखभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ। रुद्राक्षका विभिन्न रूप हुन्छन्। जसमा १४, २१ र २७ मुखे रुद्राक्ष  सबैभन्दा महँगो मूल्यमा बिक्री गरेको पाइएको छ। थोरै मुखे रुद्राक्ष भने केजीमा बिक्री हुन्छ। त्यस्तो रुद्राक्ष बिक्री गर्दा किसानले प्रतिकेजी पाँचदेखि ६० हजारसम्म लिन्छन्।  

पूर्वी पहाडी जिल्लामा साउन लागेपछि रुद्राक्ष उत्पादन सुरु हुन्छ । ढिलोमा मंसिरसम्म रुद्राक्ष टिपिसक्नुपर्छ । रुद्राक्षको मुख्य बजार सङ्खुवासभाको खाँदबारी नै हो। भोजपुरको दिङ्ला, नेपालेडाँडा र सोमबारे क्षेत्रमा पनि बहुमूल्य रुद्राक्ष उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस