१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेतन अयडी हत्याका आरोपीलाई कारबाही गर्न माओवादीको माग

अ+ अ-

काठमाडौँ । विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा माओवादीले माग गरेको छ। सातदिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएकाहरूलाई पक्राउ समेत नगरिएको प्रति नेकपा माओवादी केन्द्र बाजुरामा आबद्ध जनसङ्गठनले ध्यानाकर्षण गराएका छन्।

पार्टी नेता तथा जनसङ्गठनका तर्फबाट संयुक्त रूपमा जारी प्रेस विज्ञप्ति मार्फत माओवादीले हत्यारालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। घरभित्रबाट बाहिर तानेर कुटाकुटी हत्या गर्ने हत्यारालाई कुनै पक्षबाट पनि संरक्षण गरिए त्यो मानवता माथिकै अन्याय हुने तर्फ सचेत हुन विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष एवं समानुपातिक तर्फका उम्मेदवार कमल कुमारी शाह, अनेमसंघ क्रान्तिकारीका अध्यक्ष जानकी बुढा, अखिल क्रान्तिकारीका अध्यक्ष खेमराज साउँद, वाइसीयलका जिल्ला इन्चार्ज निर्मला कुमारी विष्ट र गणेश राज गिरीको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरेको छ।

चेतन अयडी हत्या काण्डमा माओवादी पहिलो पटक आधिकारिक रूपमा बोलेको हो। निर्मम तरिकाले कुटपिट गरी हत्या गरिएको प्रति नेकपा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको र हत्यारालाई कारबाहीका लागि प्रहरी प्रशासनका तर्फबाट ढिलासुस्ती नगर्न पनि आग्रह गरेको छ।

मंसिर ४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जीव अयडी र चेतन अयडी दुवै जनाको परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानवीनको माग माओवादीले गरेको छ। शव समेत बुझ्ने वातावरण नबनाउनु दुखद विषय भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जीव अयडीको शव बुझेर आफन्तले दाह संस्कार गरिसकेका छन् भने चेतन अयडीको शव बाजुरा जिल्ला अस्पतालमै राखिएको छ। आफन्तले हत्यामा संलग्न २२ जनाको नाममा कर्तव्य जान मुद्दामा किटानी जाहेरी दिएका छन्। प्रहरीले अहिलेसम्म २ जना बाहेक नियन्त्रणमा लिएको छैन। हत्या आरोपमा किटानी गरिएका व्यक्तिहरू सामाजिक सञ्जालमा देखिने गरेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन।  

प्रतिक्रिया दिनुहोस