२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधिको दुरुपयोग गरी ठगी कार्य बढेको भन्दै साइबर ब्युरोले गरायो सचेत

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरी ठगी गर्ने कार्य बढेको भन्दै सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।  विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत विभिन्न प्रवृत्ति अपनाउँदै ठगी गर्ने कार्य दिन प्रतिदिन बढेको पाइएको भन्दै सजग रहन सबैमा अनुरोध गरेको हो  । 

ब्युरोका अनुसार अनलाइनमा मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लिअरेन्स गर्नुपर्ने बाहाना बनाई रकम माग हुने गरेको छ । यस्तै चिठ्ठा परेको र उक्त चिठ्ठा प्राप्त गर्नको लागि ट्याक्स क्लिअरेन्सको बाहाना बनाई रकम माग गर्ने गरेको पाइएको पनि ब्युरोको भनाइ छ । 

यस्तै सामाजिक सञ्जाल ह्याक गरी प्रयोगकर्ताका निकटतम साथीसँग रकम माग गर्ने, जरुरी कोड नम्बर पठाएको छु भनी वान टाइम पासवर्ड (ओपीटी)माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने जस्ता कार्य हुने गरेको पाइएको पनि ब्युरोले जनाएको छ ।

अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिले नै रकम असुल गरी आपूर्ति नगरेको ठगी गर्ने गरेको पाइएको पनि ब्युरोले जनाएको छ । 

यस्तै सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी ठगी गर्ने,  भिडियो भाइरल गरिदिने भनी रकम माग गर्ने, क्रिप्टोकरेन्सीको नाममा ठगी गर्ने जस्ता कार्य समेत भएको पाइएकाले ब्युरोले सामाजिक सञ्जालको यही सदुपयोग गर्दै सचेत रहन अनुरोध गरेको छ ।