बुटवल। आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका वडा(१ जोर पोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार साँझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर मृत्यु भएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन पुर्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







