२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

अ+ अ-

काठमाडौँ । नेपाल यस वर्ष पनि अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको छ ।

डिसेम्बर १८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि सप्ताहव्यापी रूपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

दिवसका लागि यस वर्षको नारा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान स् उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ रहेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

डिसेम्बर १६ देखि २२ सम्म तीनै तहको सरकार, आप्रवासको क्षेत्रमा काम गर्ने सबै सङ्घ, संस्थासमेतको सहभागितामा सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको उनले बताए ।

सचिव अर्यालले आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा मात्रै झण्डै आठ हजार ४६६ अर्ब विप्रेषण भित्रिएको तथ्याङ्क रहेकाले कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारको महत्त्वलाई उजागर गरेको जानकारी दिए । उनले श्रम प्रशासनबाट हुने कामकारबाहीलाई पूर्ण रूपमा डिजिटल बनाउने बताए ।

आर्थिक वर्ष २०७८/७९ सम्ममा वैदेशिक रोजगारीका क्रममा मृत्युवरण भएका १० हजार ९३२ र गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका दुई हजार १२५ श्रमिकलाई बोर्ड सचिवालयबाट आर्थिक सहायता प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।