२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्स तत्काल भैरहवा नजाने 

अ+ अ-

काठमाडौँ । नेपाल एयरलाइन्स सोमबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा नजाने भएको छ। एयरलाइन्सलाई त्यहाँ उडान थाल्न अझै केही समय लाग्ने भएको हो।

एयरलाइन्सले यसअघि पुस ४ देखि भैरहवा विमानस्थलमा उडान गर्ने बताएको थियो। दोहा र क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गर्ने एयरलाइन्सले बताएको थियो। तर आन्तरिक तयारी बाँकी रहेकाले उडानका लागि अझै समय लाग्ने एयरलाइन्सले बताएको छ। 

एयरलाइन्स प्रवक्ता अर्चना खड्काका अनुसार नयाँ विमानस्थलमा उडान सुरु गर्दा बोर्ड बैठकले स्वीकृत गर्नुपर्नेछ। यो प्रक्रिया भइरहेकाले केही ढिलाइ हुन सक्ने उनले बताइन्।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। 

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौँ-क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान गर्नेछ।

प्राधिकरणका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरिसकेको छ।