२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यहरूले ३ दिन अगावै जानकारी दिनुपर्ने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ ।

बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २४ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्यले शपथ गराउने छन् ।

प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ (छ) प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति सहित ३ (तीन)दिन अगावै बागमती प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउन पनि सूचनामा उल्लेख छ ।