२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमबहादुर बुढाथोकी, जो बिहानै कुचो बोकेर तुलसीपुर बसपार्क पुग्छन्

अ+ अ-

दाङ । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोकेर बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। तर उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर उनी हप्ताको एक पटक नबिराइ बसपार्क पुगेर सरसफाइ गर्छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।

तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित रुपमा फोहर फालिएको थियो। तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे। त्यसैले उनी सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे। ‘बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो’, उनले भने।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेको बताए। उनले केही डस्टबिन त्यहाँ राखेर त्यहाँ फोहर राख्न अनुरोध गरेका छन्। ‘मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ’, उनले भने, ‘यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो।’ उहाँ तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन्।

विसं २०७७ फागुनदेखि नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन्। सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिए र काम झनै सहज भयो। ‘६३ हप्तासम्म एक्लै सरसफाइ गरेुं, उनले भने, ‘त्यसपछि केही साथीहरु थपिनुभयो।’

बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले बताए। ‘पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ’, उनले भने, ‘हामीले सचेतना फैलाउने हो।’ विक अहिले कक्षा ११ मा सेन्टर स्कुलमा अध्ययनरत छन्।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्छन्। यातायात व्यवसायी टङ्क विक भन्छन्, ‘पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ।’उहाँहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ।