२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्डलाई टोपी उपहार

अ+ अ-

काठमाडौँ । १० औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली टोपी प्रदान गरेको छ ।

‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपालि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए ।

नेपाली टोपीसहित राष्ट्रिय पोसाकको पहिचान र संवर्द्धन गर्न राज्यले प्रमुख भूमिका खेल्नुपर्नेमा प्रतिष्ठानले प्रधानमन्त्री समक्ष ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिष्ठानले पूर्व पर्यटन मन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाइदिएको थियो ।

त्यस्तै प्रतिष्ठानले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूलाई पनि नेपाली टोपी लगाउँदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

विगत ९ वर्षयता नेपाली युवाहरूले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रूपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले बताएका छन् ।