काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिको तस्बिर सार्वजनिक गर्दै सबैभन्दा पहिले खबर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँ पुरस्कार दिने जनाएको छ ।
तस्बिरमा देखिएका व्यक्तिलाई पहिचान गरी जानकारी गराउन भनेको आयोगले सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिनेसमेत जनाएको छ ।
“अन्दाजी ३५/४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरुष यस फोटोमा देखिएको व्यक्तिलाई काठमाडौँलगायत नेपालभरिका जुनसुकै स्थानमा जो कोहीले देखी पहिचान गर्नुभएमा नजिकको प्रहरी कार्यालय वा देहायका टेलिफोन नम्बरहरूमा वा यस आयोगको निम्न लिखित इमेल या हटलाइन नम्बरमा खबर गरी भ्रष्टाचार अपराधको अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ,” अख्तियारद्वारा जारी सूचनामा उल्लेख छ ।
तस्बिर हेर्नोस्
