२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूसी ग्यास निर्यात ४५ प्रतिशत घट्यो

अ+ अ-

मस्को । सन् २०२२ मा पूर्व सोभियत गणतन्त्र समूहबाहिरका देशहरूमा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ ।

गजप्रोमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ भन्दा बाहिरको निर्यात सन् २०२१ मा १८५.१ अर्ब क्युबिक मिटर थियो ।’

पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा भारी कमी आएको छ । गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताए।

‘जनवरी १ देखि हामी चीनमा आधारभूत रूपमा नयाँस्तरको ग्यास आपूर्तिमा छौँ,’ मिलरले विज्ञप्तिमा भनेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी साइबेरियामा कोभिक्टा प्राकृतिक ग्यास क्षेत्रको उद्घाटन गरेका थिए। यसले रूसी इन्धनलाई चीनतर्फ निर्यात बढाउन सहज हुने बताइएको छ ।

रूससँग आफ्नो पश्चिमी साइबेरियाली र आर्कटिक ग्यास क्षेत्रहरूबाट चीनमा ग्यास ढुवानी गर्न पाइपलाइनहरू छैनन् । तर रूसले करिब एक दशकअघिदेखि नयाँ क्षेत्रको विकास गर्न र ‘पावर अफ साइबेरिया’ नामक पाइपलाइन निर्माण गर्न सुरू गरेको छ ।

एक दशकको चिनियाँ प्रयासमा पहिलो ‘पावर अफ साइबेरिया’ नाम दिइएको पाइपलाइन सञ्चालनमा आएको थियो। सन् २०१९ को अन्त्यमा पूर्वी साइबेरियाबाट चीनमा ग्यास ढुवानी गर्न थालिएको हो।

पछिल्लो समय मस्कोले ‘पावर अफ साइबेरिया–२’ नामक पाइपलाइन निर्माण गर्ने योजना बनाएको छ । गत हप्ता एक सम्मेलनमा मिलरले गजप्रोमका लागि सन् २०२२ ‘निकै धेरै कठिन’ भएको स्वीकारेका छन्। मिलरले युक्रेनमा सेना पठाउने पुटिनको निर्णयको प्रतिक्रियामा प्रतिबन्धहरूद्वारा सञ्चालित ‘ऊर्जा बजारमा पूर्ण परिवर्तन’ भएको उल्लेख गरे।

गजप्रोमले विश्वव्यापी प्राकृतिक ग्यास उत्पादनको ११ प्रतिशत हिस्सा ओगटेको छ र विश्वमा यसको सबैभन्दा ठूलो ग्यास भण्डार छ ।