२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई गगन थापाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

विभाग तथा भ्रातृ संस्थाहरू गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको उनले बताए ।

‘म त पुस २८ अघि नै भ्रातृ संस्थालाई पूर्णता दिऔँ भन्ने पक्षमा छु । टुङ्गाउन सकिन्छ’, महामन्त्री थापाले भने, ‘भ्रातृ संस्थालाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठकमा सभापतिले विभाग गठनको प्रस्ताव गर्नुस् । हामीले त्यसलाई पास गर्छौँ ।’

केन्द्रीय समितिको बैठक २८ पुसमा बोलाइएको छ ।

पार्टीले विधानले गरेको व्यवस्थाको प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको उनले बताए । सभापतिले विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरू अड्केका थापाले बताए ।

विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रूपमा परिचालन गर्न नसकिरहेको उनले अप्ठ्यारो सुनाए ।

महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने विधानको व्यवस्था छ । विधान अनुसार २८ वटा विभाग गठन हुनुपर्दछ । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू गरी बढीमा ५१ जना हुनेछन् ।

सङ्घको निर्वाचन भएको ३ महिनाभित्र भ्रातृ संस्थाहरूको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ । तर, भङ्ग भएका १० मध्ये ५ वटा भ्रातृ संस्थाको मात्रै मूल नेतृत्व मनोनीत गरिएको छ । मूल नेतृत्व मनोनीत गरिएका ती भ्रातृ संस्थाले समेत पूर्णता पाउन सकेका छैनन् ।