७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको स्वास्थ्य शिविरबाट २ सय ४२ जना लाभान्वित

अ+ अ-

डोटी । डोटी सिलगढी स्थित नेपाली सेना भैरव प्रसाद गणले डोटीको शिखर नगरपालिका वडा नम्बर ११ बारबाटामा सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा २ सय ४२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

सेनाले आयोजना गरेको शिविरबाट १ सय ४७ जना महिला र ७८ जना पुरुष र १७ जना बालबालिकाहरूले सेवा लिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । उनले भने ‘ग्रामीण भेगमा बसोबास गर्ने समुदायको स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरेको बताए ।’

शिशिर बाट विशेष गरी न्यून आय स्तर भएका, दलित, गरिब घरपरिवारहरू बढी लाभान्वित भएको अपेक्षा गरिएको समेत प्रमुख सेनानी कार्कीले बताए ।

शिविरमा पुरुषहरूको तुलनामा महिलाको उपस्थिति बढी देखिएको छ । सेवा लिन आउने अधिकांश सेवाग्राहीको सुगर, प्रेसर, हाडजोर्नि दुख्ने, नसा सम्बन्धी ढाड दुख्ने जस्ता समस्याहरू देखिएको टोलीमा सहभागी नम्बर ५ फिल्ड एम्बुलेन्स राजपुरका सह सेनानी डा. किशोर थापाले बताए । उनले भने शिविरमा सेवा लिन आउनु भएको मध्य त्यस्तो धेरै जटिल रोगले ग्रसित त कोही भेटिएको छैन तर सामान्यतया उपचार गरेपछि ठिक हुने लक्षणका बिरामीहरू घेरै भेटिए उपचार पछि ठिक हुन्छ ’ । स्वास्थ्य परीक्षण गरिएका मध्य १०,१२ जना मुटु सम्बन्धी, अन्य अप्रेसनको प्रक्रियाका लागि थप उपचार गर्नुपर्ने देखिएकोले उनीहरूलाई थप उपचारको लागि जिल्ला अस्पताल डोटीमा जान सुझाव दिएको समेत सह सेनानी डा. थापाले बताए ।

महिलाहरूमा पेट दुख्ने सम्बन्धी समस्या,नसा, छाला, ढाड दुख्ने, जस्ता रोगहरू भएका बिरामीहरू बढी देखिएको शिविरमा संलग्न सहभागी जिल्ला अस्पताल डोटीका डा. सोहन शाहले बताए । उनले भने ‘उपचारको क्रममा हेर्दा समान रूपका लक्षण भएका बिरामीहरू बढिछन् चेकजाँच पछि औषधी उपलब्ध गराएका छौ सन्चो पक्कै हुन्छ’ उपचार गरेका मध्य केही थप उपचारको लागि स्वास्थ्य संस्थामा जान सुझाव दिएको समेत डा. शाहले बताए । शिविरमा चार जना महिलाहरूले परिवार नियोजनको अस्थायी साधन ईम्पालान्ट सेवा लिएको समेत डा. शाहले बताए ।

निःशुल्क स्वास्थ्य शिविरमा रुघाखोकी ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा शरीरका जोर्नी दुख्ने सम्बन्धी ब्यल प्रेसर, सुगर, र महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध गराएको भैरव प्रसाद गणका नागरिक समन्वय अधिकृत सेनानी सुजन थापाले जानकारी दिएका छन् । शिविरमा सेवा ग्राहीलाई निःशुल्क रूपमा आवश्यक औषधीहरू उपलब्ध गराएको थियो ।

भैरव प्रसाद गणले सैनिक श्रीमती सङ्घ, जिल्ला अस्पताल डोटी , कृर्षी ज्ञान केन्द्र डोटी र नेपाल परिवार नियोजन डोटी शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा डिभिजन बन कार्यालय र कृर्षि ज्ञान केन्द्रको समन्वयमा कृर्षि सम्बन्धी बिउ बिजन र विभिन्न प्रकारका बोटबिरुवाहरू श्री सैनिक श्रीमती सङ्घ नम्बर ५ बाहिनी सल्लाहकार श्रीमती कृष्णा शाहले सेवाग्राहीलाई वितरण गरेको समेत भैरव प्रसाद गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस