९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्रास हुँदै गएको ओजोनको तहमा सुधार

अ+ अ-

काठमाडौँ । ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् । ओजोन तहको विनाशका कारक रहेको औद्योगिक रसायनको प्रयोगको कमीका कारण ओजोन फेरि साबिककै अवस्थामा फर्कने लयमा अग्रसर बनेको उनीहरूको निष्कर्ष छ ।

नेसनल एरोनिक्स तथा स्पेस एडमिनिस्ट्रेसन (नासा) र युरोपेली आयोग, विश्व मौसम विज्ञान, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनलगायतमा आबद्ध वैज्ञानिकले यसबारे अनुसन्धान गरेका थिए । अमेरिकी मौसम विज्ञान समाजको मङ्गलबार सम्पन्न १०३औँ वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा ओइन्जिनियरिङजस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरिएको उल्लेख छ । प्रत्येक चार वर्षमा प्रकाशित हुने अध्ययन प्रतिवेदनको यस वर्षको संस्करणले ओजोन तहमा अझै पनि अनपेक्षित प्रभाव बढ्दो रहेको भन्दै वैश्विक समुदायलाई चेतावनी दिइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण गर्दै ओजोन तहको सुरक्षा गर्न सफल बनेको छ । त्यसले पनि उल्लेखनीय रूपमा ओजोन तहको सुधार भएको दाबी गर्न सकिने आधार बनेको तथ्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ । ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परावैजनी किरण सीधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा नै सङ्कट निम्तिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस