२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग

अ+ अ-

काठमाडौँ । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो । मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ ।

एकद्वार कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।

चालक समाजले पेसा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ ।

चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरू मान्न तयार नरहेको स्पष्ट पारे । उनले विभिन्न समयमा ४३ ट्याक्सी चालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । ‘हामी पहेँलो प्लेटको नम्बर मान्दैनौँ । हामीलाई नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ’, उनले भने, ‘हाम्रो माग पूरा नभए सम्पूर्ण सवारीसाधन टुँडिखेलमा लगेर थुपारिदिनेछौँ ।’

वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधान, डा. नन्दकाप्री, नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तामाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठलगायतको उपस्थिति थियो