१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैले कम्फर्टेबल राष्ट्रपति खोजेका छन् : केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताएका छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताए ।

उनले भने, ‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ । त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’ नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले बताए ।

दलहरुले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध जनाए । उपसभामुखमा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलहरुको समर्थनमा काँग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

‘दुई जना महिला माननीय उपसभामुखको उम्मेदवार हुनुहुन्छ । सम्बन्धित पार्टीको मान्छेको कुरा सुन्दा उहाँहरु सभामुखको उम्मेदवार पो जस्तो देखेँ’ उनले भने, ‘पार्टीहरुले यति साह्रो बखान गर्नेले सभामुखको उम्मेदवार किन बनाउनुभएन ?’

सांसद केसीले नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन रहेको बताए । ‘जो तारिफ भएको छ, जो बखान भएको छ, यो कृत्रिम मात्र हो’ उनले भने, ‘उपसभामुखको अधिकार के हुन्छ ?’

प्रतिक्रिया दिनुहोस