२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

अ+ अ-

कर्णाली । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठ काँडा दुर्गम बस्ती बनेको छ । गोठ काँडा वीरेन्द्रनगर नगरपालिका-१४ नं वडामा पर्छ । तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठ काँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ ।

त्यही गोठ काँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापनाको थियो । पछि उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झर्‍यो । विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार गर्‍यो ।

त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रूपान्तरण भयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो । प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र सङ्घीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ ।

अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ । हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा. डम्बर खड्काले जानकारी दिए ।

उनले भने, ‘प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ । गत आव २०७८/७९ मा ओपिडी सेवा लिनेको सङ्ख्या ४९ हजार चार सय ३० रहेकामा चालु आव २०७९/८० को छ महिनामा ८४ हजार दुई सय ८८ पुगेको छ ।’

त्यस्तै गत आवभरि अन्तरङ्ग १० हजार चार सय ४६, इमर्जेन्सी सात हजार दुई सय २६, सिटी स्क्यान एक हजार एक सय सात, एक्सरे १८ हजार सात सय ९८, युएसजी १२ हजार सात सय ३१, जटिल शल्यक्रिया एक हजार नौ सय दुई र डेलिभरी सेवा दुई हजार छ सय ४८ जनाले सेवा लिएका थिए ।

चालु आवको छ महिनामा ११ हजार आठ सय ९१ अन्तरङ्ग, १० हजार सात सय ८६ इमर्जेन्सी, एक हजार नौ सय ८८ सिटी स्क्यान, २६ हजार छ सय ३४ एक्सरे, २० हजार पाँच सय ६२ युएसजी, एक हजार नौ सय ४८ जटिल शल्यक्रिया र दुई हजार सात सय ७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ ।

मिर्गौला प्रत्यारोपण हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलो पटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ । आइतबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पताल निर्देशक डा. खड्काले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको जानकारी दिए ।

प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभागबाट इजाजत लगिसकेको छ’, उनले भने, ‘दुवै अस्पताल जनशक्तिको संयोजनबाट मिर्गौला प्रत्यारोपण सम्पन्न हुनेछ ।’ पछिल्लो समयमा मिर्गौला रोगीको सङ्ख्या बढ्दै आएको निर्देशक डा. खड्काले बताए। प्रत्यारोपणका लागि बिरामीले डेढ लाख खर्च गर्नुपर्ने र रु सात लाखसम्म सरकार आफैँले व्यहोर्ने उनको भनाइ थियो ।

पत्रकारसँगको भेटघाटका क्रममा फेको पद्धतिबाट आँखाको शल्यक्रिया, सात वटा मोडुलर ओटी सञ्चालन, आइसीयू र पोष्टअपमा समेत डायलासिस सेवा विस्तार गरिएको, अर्थोपेडिक सर्जरी हप्तामा छ र जनरल सर्जरी हप्तामा चार पटक हुने उनले बताए ।

कर्णाली प्रदेश अस्पतालले ९९ प्रतिशत बिरामीलाई उपचार सेवा दिएको तर एक प्रतिशत बिरामी मात्र सिफारिस गरेको बताउँदै उनले आगामी चैतबाट एमआरइ मेसिन जडान गरिने निर्देशक डा. खड्काले जनाए । यसले चालु आव २०७९/८० भित्रै रु एक अर्ब ५० करोड बराबरको बोलपत्रमार्फत अस्पतालको माथिल्लो तला निर्माण गर्ने तयारी थालेको बताइएको छ ।