१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

अ+ अ-

काठमाडौँ । यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटना स्थलको पुनः विस्तृत निरीक्षण गरी आवश्यक पार्टपुर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलनको गरिसकेको जनाएको छ । ‘नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ ।

‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ’, विज्ञप्तिमा भनिएको छ । उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

दुर्घटना लगत्तै सरकारले पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस