२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनगणनाको प्रतिवेदन सार्वजनिक गर्ने तयारी

अ+ अ-

काठमाडौँ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन २०७९ सालको दसौँ महिना आइपुग्दासम्म सार्वजनिक भएको छैन ।

केन्द्रीय तथ्यांक विभाग (हालको राष्ट्रिय तथ्यांक कार्यालय) ले जनगणनाको प्रारम्भिक प्रतिवेदन १२ माघमा सार्वजनिक गरेको थियो र ६ महिनाभित्र पूर्ण प्रतिवेदन ल्याउने घोषणा गरेको थियो । यदि घोषणाअनुसार काम भएको भए गत असारमै प्रतिवेदन आइसक्नुपर्ने थियो ।

तथ्यांक कार्यालय स्रोतका अनुसार जनगणनाको पूर्ण प्रतिवेदन वर्तमान सरकार गठनअगाडि नै तयार भइसकेको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रतिवेदन सार्वजनिक गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समय पनि मागिएको थियो । तर, सरकार परिवर्तन भएपछि नयाँ प्रधानमन्त्रीबाट नतिजा सार्वजनिक गराउने भन्दै केही समय रोकियो ।

नयाँ तथ्यांक ऐन जारी भएपछि हाल तथ्यांक कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । सोही कारण कार्यालयको प्रमुखका रूपमा सरकार प्रमुखबाट जनगणना प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको हो ।

कार्यालयका एक अधिकारीका अनुसार जनगणना प्रतिवेदनमा राख्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना सन्देश आइसकेको छ । तर, प्रधानमन्त्रीबाट प्रतिवेदन सार्वजनिक गर्न समय कार्यालयले पाएको छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले मुख्य प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको बताए । तर हाल जनगणनासँग जोडिएका सहायक तथ्याङ्कहरू समेत तयार गर्ने काम धमाधम भइरहेको जानकारी दिए । यी सबै तथ्यांक वेबसाइटमा राखेर सबैले हेर्न सक्ने व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्रीबाट जनगणनाको मुख्य प्रतिवेदनसँगै वेबसाइटसमेत उद्घाटन गर्ने र अधिकांश प्रतिवेदनहरू हेर्न मिल्ने बनाइने निर्देशक लामिछानेले बताए ।

१२औँ जनगणना २०७८ सालको २५ कात्तिकदेखि ९ मङ्सिरसम्म स्थलगत रूपमा गरिएको हो । जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । २०६८ सालमा भन्दा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । अघिल्लो जनगणनामा नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना थियो ।

नेपालको जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । नयाँ जनगणना अनुसार पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ र महिला १ करोड ४९ लाख १ हजार १६९ जना रहेका छन् । प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात ९५.९१ प्रतिशत छ ।

प्रारम्भिक नतिजाले नेपालमा ६७ लाख ६१ हजार ५९ परिवार संख्या रहेको देखाएको छ । यी परिवारमध्ये ५६ लाख ४३ हजार ९४५ घरमा बस्छन् । नेपालमा प्रति घरपरिवार ४.३२ जना सदस्य छन् ।