२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलका लागि नेपालका ५ महिला खेलाडीको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । भारतमा पहिलो पटक हुन लागेको महिला आइपिएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाँच खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

लिगका लागि यही फेब्रुअरी १३ मा अक्सन हुँदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सिइओ हेमाङ्ग अमिनका अनुसार अक्सनका लागि एक हजार ५०० खेलाडीको नाम रजिस्टर भएको र यसै साता अक्सनको लागि अन्तिम लिस्ट सार्वजनिक हुनेछ ।

अन्तिम लिस्टमा हुने खेलाडी अक्सनमा समावेश हुनेछन् । डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल २२ खेल हुनेछ ।

लिगमा हरेक टिमले बढीमा १८ खेलाडी राख्न पाउनेछन् भने कम्तीमा १५ खेलाडी हुनुपर्नेछ । यस्तै एक टिमले ७ जना विदेशी खेलाडी राख्न पाउनेछन् र त्यसमा एक जना एसोसिएसन राष्ट्रको अनिवार्य हुनुपर्नेछ । प्लेइङ  ११ मा पनि एक जना विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्नेछ ।