२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपालाई गगनको प्रश्न : ‘नो नट अगेन’ भनेर मत मागेको दल सरकारमा किन गएको ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अरु भन्दा भिन्न छौँ भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैले सोचेभन्दा धेरै मत पाएको र यसले आफूलाई सच्चिन दबाब दिएको बताए ।

शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको यो दल किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘सरकारमा किन गएको पनि बताउनु नपर्ने ? सरकारबाट किन बाहिरिएको पनि बनाउनु नपर्ने ?’

सरकार छाड्दै गर्दा आफूहरूसँग भएको सहमति पालना नभएको भनेको भन्दै उनले भने, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन ? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन ? अनि सरकार छाड्दै गर्दा समर्थन लिनुपर्ने होइन ?’

‘हामीलाई किन समर्थन गरेको भने जस्तै समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो ?’

सञ्चार माध्यमहरूलाई लाञ्छित गरी रास्वपा सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यसबारे धेरै प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।

उनले भने, ‘हामी के ठान्छौँ भने प्रेस सिस्टमको अभिन्न अङ्ग हो, त्यहाँ समस्या पनि छ । नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस् । तर प्रेसलाई ‘ब्ल्यांकेट डिस–क्रेडिट’ गर्‍यो भने लोकतन्त्रमै समस्या आउँछ ।’