पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा माग गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै स्टाफ नर्स १०, रेडियोग्राफी टेक्निसियन १, ल्याब असिस्टेन्ट १ र अ.न.मी. ४ जना माग गरेको हो ।
इच्छुक योग्य नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र अस्पतालमा आवेदन पेस गर्न सक्ने जारी सूचनामा उल्लेख छ ।
आवेदकले शैक्षिक योग्यता, नागरिकता, सम्बन्धित परिषद्को अद्यावधिक प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि र बायोडाटासहित आवेदन दिनुपर्नेछ ।







