११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार करोड बढीको लागतमा शिक्षालयको भवन निर्माण हुँदै

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा चार करोड पाँच लाखको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउन्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयका प्रमुख दीपक विष्टले बताए । ‘असोज महिनाभित्रै निर्माणको कार्य पूरा गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ’, उनले भने, ‘सम्झौताअनुसार निर्माणको कार्य भइरहेको छ ।’ उनका अनुसार निर्माण भइरहेको शिक्षालयको भवनमा ११ वटा कक्षा कोठा, शौचालय निर्माण हुने छन् ।

निर्माण भइरहेको भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी हुने उनले जानकारी दिए । शिक्षालयको आफ्नो भवन नहुँदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको नगरपालिकाको वडा नं ११ का वडा अध्यक्ष शेरबहादुर साउँदले बताए ।

शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटो मोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । सिभिलमा ४८, मेकानिकलमा २४ र अटो मोबाइलमा २४ गरी ९६ विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।

शिक्षालय स्थापनाको पहिलो वर्ष कक्षा सञ्चालन र कार्यालय व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले ५० लाख रकम अनुदानस्वरुप उपलब्ध गराएको निवर्तमान नगर प्रमुख दिलबहादुर ऐरले बताए । ‘शिक्षालय स्थापना गर्दा केन्द्रबाट बजेट निकासा नभए पछि नगरपालिकाबाट अनुदान रकम उपलब्ध गराई कक्षा सञ्चालनमा ल्याएका हौँ’,उनले भने, ‘आर्थिकरुपमा कमजोर रहेका परिवारले प्राविधिक शिक्षा पढाउन बालबालिकालाई टाढाको विद्यालय पठाउन सक्ने अवस्था थिए, अहिले घर दैलोमै प्राविधिक शिक्षा पढ्न पाएका छन् ।’ गुणस्तरीय शिक्षामा जोड दिनका लागि लाग्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस