२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ जाँदै राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ जाने भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ जान लागेकी हुन् । जहाँ आयुर्वेदमा स्नातक (बिएएमएस) पनि अध्ययन भइरहेको छ ।

भवन निर्माण भएको करिब पाँच वर्ष भएको छ । तर, औपचारिक उद्घाटन भने भएको थिएन । सोही भवन उद्घाटन गर्न फागुन ३ गते बिहान ११ बजे जाने कार्यक्रम रहेको डिन प्रा.डा. मङ्गलकान्त झाले बताए । हेलिकोप्टरमार्फत राष्ट्रपति दाङ जाने भएकी हुन् ।

त्यहाँ ओपिडी सेवा सञ्चालन नहुँदा बिएएमएसका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने अवस्था थियो । कोरोनाको समयभन्दा पहिले त्यहाँ ओपिडी सेवा सञ्चालनमा भए पनि त्यसपछि भने सञ्चालनमा हुन सकेको छैन । त्यहाँ ओपिडी सेवा सञ्चालनका लागि १० जनाको करार विज्ञापन खोलिएको छ । करारमा जनशक्ति पूर्ति भएपछि ओपिडी सेवा पनि सञ्चालन हुने डिन झाले बताए । बिएएमएस साढे पाँचवर्षे हुन्छ । त्यसका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी बेलझुन्डी आउने गरेका छन् ।