८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा निर्मित हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

अ+ अ-

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ स्थित चवराचौतारामा नेपाली सेनाद्वारा निमार्ण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

गाउँपालिकासँगको समन्वयमा सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चालु आव २०७९÷०८० मा सिमिक कार्यक्रम अन्तर्गत ५ लाख लगानीमा निमार्ण गरिएको हेलिप्याडको सोमबार उद्घाटन सँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

हेलिप्याडको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला र गणपति प्रमुख सेनानी जनमत किर्किले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली प्याड निर्माण गरिएको नेपाली सेना भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए ।

मङ्सिर ८ देखि निमार्ण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरव प्रसाद गणले जनाएको छ । 

ग्रामीण क्षेत्रमा हेलिप्याड निमार्ण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । 

नेपाली सेनाले बोगटान क्षेत्रमा हेलिप्याड निमार्ण गर्दा सैनिक र नागरिक बिचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउँपालिकाका करिव १८ हजार जनसङ्ख्या लाभान्वित हुने समेत अध्यक्ष गडसिलाले बताए ।  

। 

डोटी जिल्लामा सदरमुकाम भन्दा बाहिर बनेको यो पहिलो हेलिप्याड हो ।

प्रतिक्रिया दिनुहोस