११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरे र जर्मनीका सांसदहरुबीच भेट

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग जर्मन संसद्को साउथ एसिया समूहका सदस्य र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकास लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कुटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका छन् । साथै उनले नेपालको संक्रमणकालीन न्यायका केही विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्दै सो विषयलाई संसदले यथाशीघ्र टुङ्गो लगाउने उल्लेख गरेका छन् ।

नवीकरणीय र स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्ने, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा जर्मनीले नेपाललाई गरेको सहायताको प्रशंसा गर्दै सभामुख घिमिरेले उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका नेपालीलाई ज्ञान आर्जनपश्चात् स्वदेशमै लगानी तथा बसोबासका लागि आकर्षित गर्नसके नेपालमा उपलब्ध मानवपूँजी थप मजबुत हुने र वैदेशिक लगानी आकर्षित गर्न सकिने उल्लेख गरे ।

जर्मनी संसद्का साउथ एसिया समूहका टोली नेता रिनाटे कुनास्टाले सभामुख घिमिरेलाई पदभार ग्रहण गरेकोमा शुभकामना दिँदै कार्यकाल सफलताको कामना व्यक्त गर्दै नेपालमै युवालाई रोजगार तथा आय आर्जनमा संलग्न गराउन सूचना प्रविधिको क्षेत्रमा व्यापक सम्भावनाहरू रहेको उल्लेख गरेका छन् ।

भ्रमणमा टोलीका सदस्यहरूले नेपालको कलिलो लोकतन्त्रलाई मजबुत बनाउन जर्मनीले आवश्यक सहयोग गर्न सक्ने र त्यसका लागि नेपालले पहल गर्नुपर्ने धारणा राखेका छन् । साथै उनीहरूले नेपालमा प्रगतिशील कानूनहरू रहेको भन्दै नेपालको कानून निर्माण प्रक्रियाको समेत प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस