२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ’ 

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

लघुवित्तमा देखिएको वर्तमान समस्या समाधानका लागि सरोकारवालासँग गम्भीर रूपमा छलफल भइरहेको उनले बताए । “लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो विषयमा गम्भीर भएर सरोकारवालाहरूसहित बैठक बसेका छौँ,” उनले भने ।

विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले अहिले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायले काम थालेको बताए ।

“केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ । लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ, लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको छ,” उनले भने, “समस्या आउनुको कारणहरू खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरू लागिसकेका छन् । त्यसका परिणामहरू निरन्तर आउँदै छन् ।”

उनले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भएको जिकिर गरे । राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिपरेको उनले उल्लेख गरे ।