२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीको विषादी परीक्षण रोकिएको छैन : कृषि मन्त्रालय 

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केही सञ्चार माध्यममा प्रकाशित सरकारले आयातित तरकारीको विषादी परीक्षण रोकेको र जी टू जी मल आयात रोकिएको भन्ने समाचारको खण्डन गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त तरकारीको विषादी परीक्षण नरोकिएको तर आद्य ऐन, २०२३ को दफा ९ बमोजिम खाद्य पदार्थ सम्बन्धी मापदण्डको सन्दर्भ सामग्रीको आधारमा स्वीकृत मापदण्डउपर मन्त्रिपरिषदमा प्रस्ताव पुगेको र सो विचाराधीन अवस्थामा नै रहेको विधेयक पुस ११ गतेकै बैठकले फिर्ता गरिसकेको जनाएको हो । 

समाचारमा उल्लेख भएबमोजिम उक्त प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभई डब्लूटीओको प्रावधान अनुरूप खाद्य ऐन, २०२३ मा व्यवस्था भए अनुरूप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं विक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने ब्यहोरा समेत मन्त्रालयले जनाएको छ । 

यस्तै एक सञ्चार माध्यममा मन्त्रालयकै प्रवक्तालाई कोण गर्दै जी टू जी मार्फत थप मल आउन नसक्ने आशयको सूचना प्रकाशित भएको प्रतिसमेत मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उक्त विषयमा मन्त्रालयका प्रवक्तामार्फत कुनै सूचना सम्प्रेषण नभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।