२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइशेजन तयार

अ+ अ-

काठमाडौँ । भृकुटी कागज कारखानाको ऋण तिर्न गोल्छा अर्गनाइजेशन तयार भएको छ । कारखानाको जग्गा बेचेर बक्यौता ऋण तिर्न स्वामित्वकर्ता हितेश गोल्छा तयार भएसँगै लगानीकर्ता नेपाल बैंक र हिमालय बैंकले कम्पनीलाई थप १ वर्ष ग्रेस समय दिन तयार भएका हुन् । कारखानामाथि नेपाल बैंक र हिमालयन बैंक गरी १ खर्ब ५० अर्ब रुपैयाँमाथिको लगानी रहेको छ । 

वि.स. २०३९ सालमा चिन सरकारको सहयोगमा नवलपुर गैँडाकोटमा भृकुटी कागज कारखाना सञ्चालनमा ल्याइएको थियो । मुलुकभित्रै कागजको उत्पादन गरी आत्मनिर्भर बन्न चिन सरकारले कारखानाको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, कारखाना सञ्चालनको १ दशक पनि नबित्दै सरकारले उक्त कागज कारखाना निजी क्षेत्रलाई सुम्पियो । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले वि.स. २०४९ सालामा भृकुटी कागज कारखाना गोल्छा अर्गनाजेशनलाई सुम्पियो । गोल्छा अर्गनाइजेशनसहितको ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीलाई १ हजार ८० कट्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो ।  

तर, निजीकरण भएसँगै कारखाना राम्रोसँग सञ्चालन हुन सकेन । निरन्तर उत्पादनमा कमजोर बन्दै गएको कागज कारखाना अन्ततः २०६७ फागुन १९ देखि पूर्ण रूपमा बन्द हुन पुग्यो ।

त्यसबेला कारखानाको क्षमता विकास गर्न भन्दै गोल्छा अर्गनाइजेशनले बैंकसँग करिब ८५ करोड रुपैयाँ व्यावसायिक ऋण लिएको थियो । सोही ऋणको ब्याज, हर्जाना बढेर झण्डै दोब्बर भइसकेको छ । तर, उद्योग बन्द भएको १२ वर्ष बितिसक्दा समेत बैंकहरुले सो कर्जा फिर्ता पाउन सकेका छैनन् । 

अन्ततः भृकुटी कागज कारखानाका स्वामित्वकर्ता हितेश गोल्छाले कारखानाको जग्गा बेचेर ऋण तिर्न राजी भएपछि बैंकहरुले थप एक वर्षको समय दिने भएका हुन् । 

गोल्छाले नै एक वर्ष भित्र ऋण तिर्ने प्रतिबद्धता जनाएपछि थप समय प्रदान गरिने तयारी गरिएको नेपाल बैंकले जनाएको हो । यद्यपि, यसबारेमा निर्णय नै चाहिँ भई नसकेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले जानकारी दिएका छन् । 

तत्कालीन समयमा भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए । दिवाकरको निधनपछि यो कारखानाको स्वामित्व उनका छोरा हितेश गोल्छामा आएको छ । 

कागज कारखानाले चर्चेको कुल १ हजार ८० कट्ठा मध्ये ८ बिघा जग्गा भने कम्पनीले यसअघि नै बेचिसकेको छ ।